सुख्खा बन्दरगाह सर्वांगीण विकासमा कोशेढुंगा सावित हुनेछ : मुख्यमन्त्री धामी

काठमाडौं। भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाह सीमावर्ती क्षेत्रको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुने बताएका छन् ।
दोधारा–चाँदनी नगरपालिका– १, चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको स्थलगत निरीक्षणपछि उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर साझा गर्दै परियोजनाले पूर्णता पाएपछि सीमावर्ती क्षेत्रको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुने बताएका हुन् ।
‘यो परियोजना पूर्ण र्भपछि भारत र नेपालबीच केवल यातायात र आपूर्तिको आदान–प्रदान सुगम हुने मात्रै नभएर दुई देशबीचको आपसी सम्बन्ध पनि अझ धेरै मजबुत हुनेछ,’ मुख्यमन्त्री धामीले लेखेका छन्, ‘साथै पर्यटन, व्यापार र रोजगारका नयाँ अवसर सिर्जना हुने छन् । यो सुख्खा बन्दरगाह सीमावर्ती क्षेत्रको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुने छ ।

‘ल्यान्डपोट्र्स अथोरिटी अफ इन्डिया’ द्वारा निर्माणाधीन सुख्खा बन्दरगाह परियोजना स्थलगत निरीक्षण गरेको भन्दै उनले ५०० करोड (भारतीय रुपैयाँ) भन्दा बढीको लागतमा निर्माण भइरहेको पनि उल्लेख गरेका छन् ।
‘यो सुख्खा बन्दरगाह आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको कनेक्टिभिटी फर ग्रोथको लक्ष्य साकार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो,’ उत्तराखण्डका मुख्यमन्त्री धामीले भनेका छन् ।

Leave A Reply

Your email address will not be published.