मेलखेतको तहल्का होटल एण्ड लजमा आगलागी, होटल संञ्चालक घाइते

दार्चुला । दार्चुलाको एक होटलमा ग्याँस सिलिण्डरमा आगलागी भएको छ । शुक्रबार (आज )बेलुकी जिल्लाको मालिकार्जुन गाउँपालिका वडा ८ मेलखेतको तहल्का होटल एण्ड लजमा आगलागी भएको हो ।

आगलागीबाट होटल संञ्चालक ६२ वर्षीय गणेश सिह सामन्त (तहल्का )घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तहल्का होटल एण्ड लजमा ग्यास सिलिण्डरको रेगुलेटर मिलाउने क्रममा एक्कासि आगलागि हुदा संञ्चालक सामन्तको दुबै हातखुट्टा र अनुहार जलेको अबस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक विक्रम बहादुर शाहीका अनुसार घाइते सामन्तको अवस्था मध्यम रहेको र उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएको उनले बताए । आगलागीबाट पशसलमा अन्य क्षति नभएको बताइएको छ । घटनास्थलमा प्रहरी चौकी दत्तुबाट प्रहरी टोली खटिएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.