झण्डै साढे साथ दसक लामो गौरबसाली इतिहास बोकेको नेपालको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा नयाँ नेतृत्वका लागि तहगत रूपमा नेतृत्व अधिबेशन केही दिन भित्र सुरु हुन गैरहेकोे छ। कांग्रेसमा युवा तरुण देखी बयोबृद्दहरु को लामो पंक्तिले नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने नै छ ।गाउँ टोल देखि केन्द्र सम्म कांग्रेस महाधिवेशनको चर्चा चुलिएको छ।नेतृत्व परिवर्तन र नयाँ नेतृत्व कस्तो हुने भन्ने विषय चलिरहेको छ, यो विषय उठनु स्वभाबिक पनि हो ।
कांग्रेस पार्टीको नेतृत्वमा पटकपटक ठुला ठुला राजानितिक परिवर्तन भए पनि कांग्रेस पार्टी भित्र मुलतः नीति र नेतृत्वमा खासै परिवर्तन भएको आभास आम कार्यकर्ता र जनताले अहिलेसम्म गर्न सकेका छैन्न ।
यो पटक कांग्रेसले आफ्नो स्थापना काल देखि अहिलेसम्म १४ औ महाधिवेशन गरिरहदा कांग्रेसमा आमूल परिवर्तन सहित निति र नेतृत्व परिवर्तन को विषयले गाउँ देखि केन्द्र सम्म ब्यापकता पाएको छ ।यो कांग्रेस र आम जनताको लागि खुशी र सुखद कुरो पनि हो यसलाई हामीले पार्टीको जीवनकालमा सकारात्मक ढंगले प्रयोग गर्न सक्यौं भने, आउदो पुस्ता को लागि कांग्रेस आसा र भरोसा को केन्द्र बन्न सक्छ ।
राजनीतिक दलको स्थापना मुलत आम जनताको खुशी जीवनका लागि हुने गर्दछ राजनीतिक दलले यदि जनताले अपेक्षा गरेको खुशी को चाहना लाई सम्बोधन गर्न सकेन भने त्यो राजनीतिक दलको भबिस्य दीर्घकालीन र दिर्घायु बन्न सक्दैन । नेपाली कांग्रेस पार्टीले आफ्नो जीवनकालमा जुन किसिमको आरोह र अवरोहहरु पार गरेको छ, यसमा सकारात्मक र नकारात्मक दुइवटै पक्ष हरु समेटिएका छन । यस तर हाम्रो नेतृत्व को समस्या कहाँ नेर रह्यो भन्ने कुरोमा हामी गम्भीर हुन चाहिँ नसकेकै हो ।
हाम्रो नेतृत्वले पार्टीले आफ्नो जीवनकालमा प्राप्त गरेको उपलब्धतालाई रक्षा गरेर कमिकमोजोरीहरु लाई सुक्ष्म ढंगले अध्यन र समिक्षा गरेर समाधान गरेको भए कांग्रेस अहिले को अवस्था भन्दा माथी उठेको हुने थियो । हाम्रो कांग्रेस परिवर्तनको मुल मुद्दा भनेकै कांग्रेसमा नीति र नेतृत्व दुबैमा आमूल परिवर्तन हुनु पर्छ त्यो संग संगै नेतृत्व परिवर्तन भएर मात्रै हुदैन नेतृत्व को व्यबहारमा पनि परिवर्तन हुनुपर्छ भन्ने पनि हो ।
कतिपय सवालमा नीति सहि हुदाँहुदै पनि नेतृत्वको व्यबहार सहि हुन सकेन भने नेतृत्व परिवर्तनको खासै अर्थ रहदैन । नेतृत्वको व्यबहारलाई कसरी परिवर्तन गर्ने सामन्ती हैकमवादी प्रवृत्ति बोकेको नेतृत्वलाई कसरी समाजबादी मुल्य र मान्यतामा ढाल्ने नेतृत्वलाइ सेवक र कार्यकर्तालाई शासक भएको आभास कसरी दिन सकिन्छ भन्ने कुरो प्रधान बनेको छ ।
कांग्रेस महाधिवेशनमा परिवर्तनको मुल मुद्दामा कांग्रेस पार्टी भित्र हावि हुदै गएका सुकिला मुकिलाहरु लाई कसरी तहलगाउने अवसरबादीहरु लाई कसरी तह लगाउने र कांग्रेसमा इमान को राजनीती गर्ने परिश्रमी अनुहारहरुलाई कसरी उचित इस्थानमा पुगाउने र सम्मान गर्ने बर्षौ देखी इमानदारी पुर्वक कांग्रेस को लागि पसिना बगाउने रगत बगाउने विद्यार्थी राजनीतिको नाम मा पढाई को बलिदान पार्टी राजनीतिको नाममा घर गृहस्थिको बलिदान गर्ने इमान्दार नेता कार्यकर्ताहरुको मुल्यांकन र ब्यवस्थापन कसरी गर्ने, यो विषय महाधिवेशनमा आम कांग्रेस नेता कार्यकर्ताको परिवर्तनको प्रमुख मुद्दा बन्न जरुरी छ ।
हामीले पार्टी र राजनीतिमा लागेको बर्षौ बर्ष भै सकेको छ । हामी मध्येबाटै कयौं साथीहरूले पटक पटक नेतृत्व को अवसर पाएका पनि छौ । हामीले पटक पटक नेतृत्वमा बसिरहदा कार्यकर्ता र आम जनतालाई के दियौं ? हामीले हिजो पटकपटक नेतृत्वमा चुने को हाम्रो नेतृत्वले हामिलाइ के दियो ? भोलि को दिनमा नेतृत्वमा दाबी गर्दै आउने हाम्रो साथी भाइले हामी लाई र आम जनता लाई के दिन सक्छ ? त्यो नेतृत्व को भिजन र मिसन के हो ? प्रत्येक कार्यकर्ताले हिसाब गर्ने बेला आएको छ । नेतृत्व लिएर कुर्सीमा बसेर आसन ग्रहण गर्ने र आसन ग्रहण गरेर मञ्चबाट आँखा झिम्काउनेहरु बाट सजक रहने बेला आएको छ । गाउँमा सुख दुखपर्दाको साथीलाई उचित जिम्मेवारी दिएर सम्मान गर्ने बेला भनेको महाधिवेशन को बेला हो । त्यसैलेले यो महाधिवेशनमा कांग्रेसका हरेक तहगत समितिको नेतृत्व छनोटमा कार्यकर्ताहरु ले बडो गम्भीर भएर निर्णय लिने बेला आएको छ ।
त्यस कारणले कांग्रेस को १४ औ महाधिवेशनले नीति र नेतृत्व मा व्यापक परिवर्तन ल्याउन सक्नु पर्छ । नेता आमाको कोखबाट जन्मने चिज हैन नेता हजारौं लाखौं कार्यकर्ताको सामुहिक रोजाइबाट प्राप्त हुने विषय हो । लाखौं कार्यकर्ता को संघर्सबाट जन्मिने चिज हो । त्यस कारणले आउदै गरेको कांग्रेस महाधिवेशनमा कांग्रेसका हजारौं लाखौं कार्यकर्ताले असल नेतृत्वलाई जन्माउने भरपुर कोसिस गर्नु पर्दछ । दुरदर्शि निर्णय लिन सक्नु पर्छ, नेता बिहान र साझ लुगा फेरे जस्तो फेर्ने चिज पनि हैन । यदि हामीले भुल बस खराब नेतालाई नेतृत्व प्रदान गरेको खण्डमा आम कार्यकर्ताले बर्षौ बर्ष पछुतो भएर बस्ने दिन आउछ ।
त्यसैले आउदै गरेको नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा कांग्रेसका हरेक तहगत नेता कार्यकर्ताहरुले बि. पि. कोइरालाले भनेझैं एक मुठी माटो हातमा लिएर छातीमा हातराखेर कांग्रेसका लाखौं करोडौं नेता कार्यकर्ता र आम जनताको उज्वल भबिस्यलाई ध्यानमा राखेर एउटा कुसल नेतृत्व निर्माण र छनोटमा जुटौं कांग्रेसमा नीति र नेतृत्वको परिवर्तन संगै नेतृत्वका बिग्रेका आनि बानी र व्यबहार परिवर्तनमा जुटौं कांग्रेसलाई गतिशील र आधुनिक बनाउन मा ध्यान पुर्वक लागौ, राणा पन्चायत राजा र माओबादी संगको लडाइमा बिजय बनेर आएको पुरानो पुस्ताको हाम्रो नेतृत्वलाई स सम्मान विश्राम गर्न लगाएर गरिबी अभाव दरिद्रताको विरुद्ध लड्ने २१ औ सताब्दिको समृद्ध नेपाल निर्माणको नेतृत्व गर्न सक्ने उर्जासिल नेतृत्व निर्माणको यो महाअभियान मा जुटौं ।हामी सक्छौ, हामीले सक्नै पर्छ । जय नेपाल