१२ तस्बिरमा हेर्नुस् हिकिला स्वास्थ्य चौकीको नव- निर्मित (बर्थिङ सेन्टर) भवनको उद्घाटन

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा -२मा रहेको हिकिला स्वास्थ्य चौकीको नव -निर्मित (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरिएको छ ।

मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गदैँ हिकिला स्वास्थ्य चौकीले नव- निर्मित (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरेको हो ।

वर्थिङ सेन्टरको  गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले उद्घाटन गरेको छन् ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ती देवी बम प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशी वडा नं -२ का वडा अध्यक्ष गोविन्द सिंह डडाल लगायत स्थानीयहरुको उपस्थितिमा नव निर्मित ब(र्थिङ सेन्टर) भवनको उद्घाटन गरिएको स्वास्थ्यचौकी हिकिलाले जनाएको छ ।

बर्थिङ सेन्टर संञ्चालनमा आएपछि अब नियमित गर्भ परीक्षण तथा स्वास्थ्य संस्थामा प्रस्तुती गराउने महिलाहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ । बर्थिङ सेन्टर संञ्चालनमा आएपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन् ।आज देखि पुरानोभवन बाट दिदै आएको प्रसुती सेवा लगायत सम्पुर्ण सेवाहरू नया भवन बाट सुचा भएको हिकिला स्वास्थ चौकीले जनाएको छ ।

१२तस्बिरमा हेर्नुस्

Leave A Reply

Your email address will not be published.