दार्चुला । दार्चुलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू भएको छ । यो अभियान हरेक वर्ष नोभेम्बर २५ तारेखदेखि १० डिसेम्बरसम्म विविध कार्यक्रम गर्दै मनाइन्छ ।
यो वर्ष ’प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ १६ दिने अभियान सुरू भएको हो । ३४ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्गलवार बिहान दार्चुलामा प्रभातफेरी निकालिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाईमा प्रभातफेरि निकालिएको हो ।
प्रभातफेरी कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा खत्री बिष्ट प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख हेमराज भट्ट जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, शिक्षक, विद्यार्थी, पत्रकार लगायत विभिन्न संघ संस्थामा कार्यरत महिलाहरूको उपस्थिति रहेको थियो । प्रभातफेरीपछि वसपार्क क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो ।
