दार्चुलामा मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

दार्चुला । दार्चुलामा नेपाल विद्युत प्राधिकरणले हरेक महीना मिटर रिडिङ नगरेपछि सेवाग्राहीलाई सास्ती भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा – ६ का विभिन्न बस्तीमा विगत दुईतिन महिना देखि मिटर रिडिङ रोकिएको छ ।

हरेक महीना सेवाग्राहीहरुको घर घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विधुत प्राधिकरणको प्रावधान रहे पनि त्यहाँका अधिकांश घरधुरीमा मिटर रिडिङ नभएको स्थानीयले गुनासो गरेका छन् ।

नेपाल विधुत प्राधिकरण दार्चुला वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा शैल्यशिखरका स्थानीयबासीहरुलाई विधुत महशुल बुझाउन सकस भइरहेको बताएका छन् ।

शैल्यशिखर नगरपालिका वडा – ६ का केही घरधुरीमा विगत ६ महिना देखि नै मिटर रिडिङ नभएको त्यहाँका उपभोक्ता हरुले गुनासो गरेकाछन । मिटर रिडिङ गर्न नआउँदा  स्थानीयहरु आफैँ कार्यालय सम्म धाउनुपरेको छ ।

उपभोक्ता हरुले समयमै नियमित मिटर रिडिङ नहुदा ब्याज समेत तिर्नुपरेको गुनासो गरेका छन् ।प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफूले पैसा तिर्दा मिटरमा उठेको रकमको जरिवानासमेत गरी तिर्नुपरेको उनीहरूको गुनासो छ ।

यता नेपाल विद्युत प्राधिकरण दार्चुला विरतण केन्द्रका प्रमुख रोशन ठाकुरले आफु अहिले जिल्लामा नयाँ भएकाले त्यसबारे पुर्ण जानकारी नभएको र यो भन्दा पहिले पनि त्यहाँका स्थानीयहरुले गुनासो गरेको भन्ने जानकारी मात्रै प्राप्त भएकाले यो महिनाभित्रमिटर रिडिङ नभएको ठाउँमा मिटर रिडिङ हुने बताएका छन् ।

जिल्लाको बस्तुस्थिति बुझने काम भइरहेको भन्दै उनले मिटर रिडिङ गर्ने कर्मचारीहरुलाई तत्काल जिल्लाभरी नै खटाउने बताए । अर्को महिना देखि यससम्बन्धी गुनासो नआउने तरिकाले काम गर्ने उनको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.