दार्चुलामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान जारी

दार्चुला, गोकुलेश्वर ।दार्चुलामा लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियान जारी रहेको छ । “प्रविधिको सहि प्रयोग गरौ: लैङ्गिक हिंसा अनत्य गरौ“ भन्ने राष्ट्रिय नाराका साथ हिजो मंगलबार देखि सुरु भएको अभियान अहिले जारी रहेको छ ।

यो अभियान हरेक वर्ष नोभेम्बर २५ तारेखदेखि १० डिसेम्बरसम्म विविध कार्यक्रम गर्दै मनाइन्छ । यो वर्ष ’प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ १६ दिने अभियान सुरू भएको हो ।

३४ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार जिल्लाको शैल्यशिखर नगरपालिका र ईलाका प्रहरी कार्यालयको समन्वयमा गोकुलेश्वर बजार क्षेत्रमा र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा शैल्यशीखर नगरपालिकाका नगर प्रमुख, विजय सिह धामी प्रमुख प्रसासकिय अधिकृत, वडा ९ का वडा अध्यक्ष ईलाका प्रहरी कार्यालयका प्रमुख, विद्यार्थी नगरपालिकाका अन्य कर्मचारी, ईलाका प्रहरी कार्यालयमा कार्यरत अन्य प्रहरीहरुकोे सहभागिता रहेको ईलाका प्रहरी कार्यालय  गोकुलेश्वरका प्रहरी निरक्षक निरज सिंह भाटले जानकारी दिनुभयो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.