दार्चुला । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि दार्चुलामा छनोट प्रकृया सुरू भएको छ ।
१ मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा १२ जना प्रतिनिधिको लागि ३४ जनाको उम्मेदवारी परेको हो ।
महाधिवेशन प्रतिनिधि छनोट अन्तरगत बिहिवार उम्मेदवारी दर्ता प्रकृया सुरू गरिएको निर्वाचन समितिले जनाएको छ । दार्चुलाबाट महिला ३ जना प्रतिनिधिको लागि ६ जनाको उम्मेदवारी परेको छ ।
महिलामा महाकाली नगरपालिका –६ का दुर्गा कुमारी खत्री बिष्ट, महाकाली –१ का दुर्गा धामी, लेकम– ३ का माधवी जोशी, व्यास –३ का निर्मला धामी, दुहुँ –२ का गौरी बडाल, दुहुँ – ४ का ताराकेशरी कुँवरले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै १ जना युवाको लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा दुहुँ – २ का उमेशराज जोशी, मार्मा–३ का खेमराज जोशी, मार्मा – ४ का उमेश खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
दलित २ को लागि ४ जनाको उम्मेदवारी परेको छ । दलिततर्फ महाकाली – २ का मुरारी लाल टमटा, महाकाली – ५ का अर्जुन ओखेडा, लेकम–३ का डम्बरराम पार्की, र शैल्यशिखर–१ का लालबहादुर विकले उम्मेदवारी दिएका छन् ।
पुरूष खुलातर्फ ६ जनाको लागि २१ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ अपि हिमाल गाउँपालिकाबाट धर्मानन्द मन्याल डिएन, र चरन बुढाथोकी, मार्मा गाउँपालिकाबाट कृष्णसिह धामी हिमाल, शैल्यशिखर नगरपालिकाबाट रामदत्त जोशी, विजयसिह धामीको उम्मेदवारी दर्ता भएको छ ।
मालिकार्जुन गाउँपालिकाबाट हिरासिह धामी, मोहनसिह धामी र रणबहादुर पाल, लेकम गाउँपालिकाबाट परमानन्द जोशी, महाकाली नगरपालिकाबाट ज्ञानेन्द्र घर्ती, नरसिह चैसिर, भक्तराज निरौला र खिमानन्द भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
नौगाड गाउँपालिकाबाट जनकसिह ठगुन्ना, मङ्गलसिह ठगुन्ना, प्रेमसिह धामी र लालबहादुर धामी, दुहुँ गाउँपालिकाबाट उदयसिह बडाल, र व्यास गाउँपालिकाबाट भगतसिह ऐतवाल र नगेन्द्र तिंकरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी परेकाहरूको लागि सहमति गर्न शुक्रबार दिउँसो १ बजेसम्मको लागि समयावधि तोकिएको एमाले दार्चुलाले जनाएको छ ।
