दार्चुला । दार्चुलामा प्रहरी चौकीको नाममा रहेको जग्गा अतिक्रमण गरी स्थानीयले घर पसल निर्माण गरेको तथ्य बाहिर आएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका वडा -३ मड सिमलगैर स्थित प्रहरी चौकी मालिकार्जुनको जग्गा अतिक्रमण गरी स्थानीयले घर पसल निर्माण गरेको तथ्य बाहिर आएको हो ।
विहीबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले एक सूचना जारी गदैँ मड सिमलगैर स्थित प्रहरी चौकीको नाममा रहेको जग्गा खाली गर्न १५ दिनको समयसिमा दिएको छ ।
प्रहरी चौकी मालिकार्जुन दार्चुलाको नाममा रहेको कित्ता नम्बर ९६ र २८५ जग्गामा स्थानीयले घरपसल निर्माण गरी जग्गा अतिक्रमण हुँदा तत्काल खाली गर्न १५ दिनको समयसिमा दिएको प्रहरी निरीक्षक एव निमित्त कार्यालय प्रमुख हेमराज भट्टले जानकारी दिए ।
स्थानीयले अतिक्रमण गरेको जग्गामा प्रहरीले नयाँ भवन निर्माणका लागि रामेछाप रिठगढे जे.भी व्यासँ गाउँपालिका वडा ५ दार्चुलासंग सम्झौता समेत भएकाले प्रहरी चौकीको नाममा रहेको जग्गा खाली गर्न आग्रह गरिएको उनले बताए । प्रहरी चौकी मालिकार्जुनमा प्रहरीले नयाँ भवन निर्माणका लागि निर्माणस्थलमा निर्माण सामग्री ढुवानी गर्ने तयारी भईरहेको प्रहरीले सूचना मार्फत जानकारी दिइएको छ ।
भवन निर्माण गर्दा घर पसलहरुले पूर्णरुपमा बाधा व्यवधान पर्ने भएकाले अतिक्रमण जग्गा खाली गर्न आग्रह गरिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी कार्यालय दार्चुलाले १५ दिनको समयसिमा भित्र निर्माण गरिएका घर पसल हटाई भवन निर्माण कार्यमा सहजता गरीदिन आग्रह समेत गरेको छ । सूचनाको बेवास्था गर्दै स्थानीयले घर पसल हटाउन अटेरी गरेमा कानुन अनुसार तत्काल आवश्यक कारबाही अगाडी बढाईने प्रहरी कार्यालय दार्चुलाले सूचना मार्फत चेतावनी समेत दिएको छ ।
हेर्नुस् प्रहरीको सूचना
