टस जितेर जनकपुर ब्याटिङमा, कप्तान परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले ब्याटिङ रोज्दै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दियो ।

यो खेलमा जनकपुरको कप्तान परिवर्तन गरिएको छ । सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तानी जिम्मेवारी दक्षिण अफ्रिकाका वायन पार्नेललाई दिइएको छ ।

यो खेलमा नियमित कप्तान अनिलकुमार साह प्लेइङ–११ मा छैनन् । जनकपुर पहिलो जितको खोजीमा छ । सुदूरपश्चिम भने लगातार पाँचौँ खेल जित्दै प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा छ ।

Leave A Reply

Your email address will not be published.