दार्चुला । दार्चुलामा तीन वटा महिला आर्थिक सशक्तीकरण केन्द्रले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेका छन् ।
सिडाको आर्थिक सहयोग तथा अक्सफाम नेपालको प्राविधिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल ,सीआरडीएस नेपाल द्वारा सञ्चालित ट्रोसा– परियोजना अन्तर्गत गठन भएका तीन वटा महिला आर्थिक सशक्तीकरण केन्द्रले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेका हुन् ।
जिल्लाको लेकम गाउँपालिकावडा -३ स्थित जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्रकी सदस्य ललिता खत्रीलाई पाठेघरको क्यान्सर भएपछि तीन वटा महिला आर्थिक सशक्तीकरण केन्द्रले आर्थिक सहयोग गरेको फिल्ड सुपरभाइजर चन्द्रा धामी सामन्तले जानकारी दिए । थोरै भएपनि ललिताको स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग गरेको उनको भनाई छ ।
क्यान्सर पीडित खत्रीलाई सगरमाथामा महिला आर्थिक सशक्तीकरण केन्द्र,प्रगतिशील महिला आर्थिक सशक्तीकरण केन्द्र र महाकाली महिला आर्थिक सशक्तीकरण केन्द्रले आर्थिक सहयोग गरेको सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाले जनाएको छ ।
आर्थिक सशक्तीकरण केन्द्रले पीडित खत्रीलाई १० हजार ४ सय रुपैँया आर्थिक सहयोग गरेको जनाएको छ । पाठेघरको क्यान्सरबाट पीडित खत्री हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेको उनको पारिवारिक स्रोतले जनाकारी दिएको छ ।
तीन वटा महिला आर्थिक सशक्तीकरण केन्द्रले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेपछि आर्थिक सहयोग संकलन गरिरहेका स्थानीय जगत सिह ऐरीले महिलाबाट महिलाकै लागि देखिएको यो एकता, सद्भाव र मानवीय भावना समाजका लागि प्रेरणादायी भएको बताएका छन् ।