मार्मा गाउँपालिकामा मंगलबार शोक विदा

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले मंगलबार (भोली) शोक विदा दिएको छ ।

गाउँपालिकाको वडा _ ३ मा रहेको अपिचौलानी आधारभूत विद्यालयमा कार्यरत शिक्षक राम दत्त पन्तको निधनमा मंसिर १६ गते मंगलबार गाउँपालिका अन्तरगतका सार्वजनिक संघ संस्थाहरुमा एक दिन शोक विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दन सिंह ठगुन्नाले बताउनुभयो । आज बसेको गाउँकार्यपालिका बैठकले भोली एक दिनका लागि शोक विदा दिने निर्णय गरेको उनले बताए ।

शिक्षक पन्तको मसिंर १४ गते राती असामयीक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.