काठमाडौँ । युइए एसीसी पुरुष यू–१९ प्रिमियर कपको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले प्रतियोगिताको उपाधि जितेको हो ।
फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछाएको नेपालले ३३।२ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४५।५ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो ।
नेपाल फाइनलमा पराजित भएपनि आगामी डिसेम्बरमा हुने यू(१९ एशिया कपमा भने छनौट भएको छ ।