दार्चुलामा कर्तव्यज्यान मुद्दाका फरार कैदी पक्राउ

दार्चुला । दार्चुला प्रहरीले कर्तव्यज्यान मुद्दाका फरार कैदीलाई पक्राउ गरेको छ । कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकिएका दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्ब्र ७ का २३ वर्षीय दिपक चन्दलाई मंगलबार (आज) महाकाली नगरपालिका वडा नम्बर ४ पुलघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सह प्रवक्ता प्रहरी निरीक्षक देबेन्द्र सिंह बुढाथोकीले जानकारी दिनुभयो ।

शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको गस्ती प्रहरी टोली चन्दलाई विहान ११ बजेको समयमा पक्राउ गरेको उहाँले बताउनुभयो ।दार्चुला जिल्ला अदालतले २०७८ सालको मुद्दामा २०८० पुस ११ गते चन्दलाई २५ वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो ।

नख्खु कारागार कार्यालय, ललितपुरमा सजाय भुक्तान गरिरहेका चन्द २०८२ भदौ २३ र २४ गते देशभर भएको जेन जी आन्दोलनको क्रममा भदौ २४ गते नख्खु कारागारको बन्दीगृहबाट फरार भएको उहाँले बताउनुभयो ।

चन्दलाई पक्राउ गरी तोकिएको सजाय भुक्तानका लागि कारागार कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.