दार्चुलाको शैल्यशिखरमा सबैभन्दा बढि एचआईभी संक्रमित रहेको तथ्याङ्क सार्वजनिक

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढि एचआईभी संक्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।  स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढि एचआईभी संक्रमित रहेको तथ्याङ सार्वजनिक गरेको हो ।

स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बीरेन्द्र भट्टका अनुसार जिल्लाभरी हाल २६पुरुष २४ महिला र १ जना बालबालिका गरी ५१ जना एड्स संक्रमितले नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेको बताएका छन् । जिल्लामा दुईवटा स्थानीय तहमा संक्रमितको संख्या शुन्य छ । जिल्लाको अपि हिमाल गाउँपालिका र व्यास गाउँपालिकामा संक्रमित छैनन् ।

सबैभन्दा बढि शैल्यशिखर नगरपालिकामा ६ पुरुष र ८ महिला गरि १४ जनाले नियमित औषधी सेवन गरिरहेका छन् । मालिकार्जुन गाउँपालिकामा ५ पुरुष र ७ महिला गरि १२ जना, महाकाली नगरपालिकामा ३ पुरुष र ५ महिला गरि ८ जना, लेकम गाउँपालिकामा ४ पुरुष ३ महिला र १ बालक गरी ८ जनाले औषधी सेवन गरिरहेका छन् ।

यसैगरी मार्मा गाउँपालिकामा ४ पुरुष र १ महिला गरि ५ जना, दुहुँ गाउँपालिकामा ३ पुरुष र नौगाड गाउँपालिकामा १ पुरुषले नियमित औषधी सेवन गरिरहेका छन् ।एचआईभी संक्रमित व्यक्तिले नियमित ओैषधि सेवन गरेमा जोखिम नरहने भट्ट बताउँछन् ।

Leave A Reply

Your email address will not be published.