दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बाल कचहरी कार्यक्रमको आयोजना गरिएको छ ।
बाल अधिकार सुनिश्चित गरौं, बालविवाह, बेचबिखन, हिंसा र शोषण बन्द गरौं हरेक बालबालिकाको हाँसो, शिक्षा र सुरक्षित बाल्यकाल सुनिश्चित गरौं ” भन्ने मूल नाराका साथ पालिकामा कचहरी कार्यक्रमको आयोजना गरिएको हो ।
मंसिर १३ गते पालिकाको योग भवनमा बाल कचहरी कार्यक्रमको आयोजना गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए ।
सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुला र गुड नेवर्स ईन्टरनेशनल नेपालको सहकार्य तथा मालिकार्जुन गाउँपालिकाको आयोजनामा बाल कचहरी कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
गाउँपालिकाको योग सभाहलमा आयोजित कचहरीमा सहभागी विद्यार्थीहरूले विद्यालयमा देखिने महिनावारी भएको बेलामा प्याड व्यवस्थापन गर्ने ठाउको समस्या, विद्यालयमामा भएका कम्प्युटरहरू बिग्रेका नचल्ने ,पढाउने शिक्षकको अभाव स्मार्टबोर्ड बिग्रिएका,शिक्षकहरूलाई प्रविधि सँग सम्बन्धित तालिमको अभाव, विपद् जोखिम सम्बन्धि आधारभुत जनचेतनामुलक कार्यक्रम जस्ता जस्ता मुद्दामा उनीहरूले कर्मचारी तथा जनप्रतिनिधिसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए ।
कार्यक्रममा बाल कचहरी भनेको के हो ?,यसका फाइदा र महत्व र चुनौति, प्रतिबद्धता,भौतिक संरचनाको असमानता र बालप्रतिभा जस्ता विषयमा छलफल अन्तरक्रिया गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए ।
स्थानीय तहमा शिक्षा क्षेत्रका चुनौती, समाधानका उपाय तथा समावेशी शिक्षाको आवश्यकताबारे साझा समझदारी निर्माण गर्न बाल कचहरी कार्यक्रम महत्त्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् ।
विद्यार्थी, शिक्षक, कर्मचारी र जनप्रतिनिधिबीच भएको प्रत्यक्ष संवादले शिक्षा सुधारको मार्ग थप स्पष्ट भएको गाउँपालिकाले अपेक्षा समेत गरेको छ ।
