शैल्यशिखरमा कालाजार रोगको लक्षण देखिएपछि रगतको नमुना परिक्षण

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कालाजार रोग देखिएको छ ।

नगरपालिकाको वडा ५का केही बस्तीमा कालाजार रोग देखिएको हो । बस्तीमा कालाजार रोग देखिएपछि स्वास्थ्यकर्मीहरुको टोलीले त्यहाँ पुगेको छ ।

शैल्यशिखर ५ का २ जनामा कालाजार रोगका लक्षण देखिएकाले स्वास्थ्यकर्मीहरुको टोलीले नजिकका बस्तीहरुमा पुगि बुधबार १५ जनाको रगतको नमुना परिक्षण गरेको छ ।

टोलीमा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्ट, शैल्यशिखर नगरपालिका स्वास्थ्य शाखा गोकुलेश्वरका स्वास्थ्य संयोजक शिवदत्त जोशी, विश्व स्वास्थ्य सङ्गठन सुदुरपश्चिम प्रदेश सङ्योजक प्रकाश देउवा, स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत देवदत्त जोशी, ओखडानी आधारभुत स्वास्थ्य सेवाकेन्द्रका स्वास्थ्यकर्मी लक्ष्मी साउद डागा लगायत स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

शैल्यशिखर ५ का २ जनामा यो रोगका लक्षण देखिएकाले खोज पडताल स्वरुप नजिकका बस्तिमा रहेका १५ जनाको रगतको नमुना परिक्षण गरिएको विश्व स्वास्थ्य सङ्गठनका सुदुरपश्चिम प्रदेश सङ्योजक प्रकाश देउवाले जानकारी दिए ।

यो रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलैसँग सर्ने भएकोले समयमै यो रोगको पत्ता लगाइ उन्मुलन गर्ने उद्देश्यले शङ्कास्पद बस्तीका नागरिकहरुको रगतको नमुना परिक्षण गरिएको उनले बताए । लोमो समयसम्म ज्वरो आउने, खानामा रुचि नहुने, रगतको कमिहुदै जाने यो रोगका मुख्य लक्षण रहेका छन ।

Leave A Reply

Your email address will not be published.