कांग्रेस सुधार अभियानले तोक्यो जिल्ला संयोजक, दार्चुलामा खाती संयोजक

दार्चुला । नेपाली कांग्रेस सुधार अभियानले जिल्ला संयोजकहरू तोकेको छ । केन्द्रीय संयोजन समितिका तर्फबाट शिव रिमालले शुक्रबार जिल्ला संयोजकहरू तोकेका हुन् ।

पार्टीका हरेक तह र आम निर्वाचनमा युवाहरूको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न दबाब दिन यो अभियान अघि बढाइएको हो ।

साथै उनीहरूले उम्मेदवारको छनोट प्राइमरी इलेक्सनबाट गर्न पनि माग गर्दै आएका छन् ।

दार्चुलामा कांग्रेस सुधार अभियानले जिल्ला संयोजकको रुपमा दिपक खातीलाई संयोजक तोकेको जनाएको छ ।

साथै अभियानले भ्रष्टाचारको विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राथमिक निर्वाचन व्यवस्था गराउन माग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.