दार्चुलामा रास्वपाको विस्तारित बैठक सम्पन्न, के गर्‍यो निर्णय

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक शनिबार गोकुलेश्वरमा सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालयको पत्राचार अनुसार शनिबार जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वरमा पार्टी को विस्तारित बैठक सम्पन्न भएको हो ।

जिल्ला सभापति राजेश सिह सामन्तको अध्यक्षतामा बसेको विस्तारित बैठकले विभिन्न निर्णय समेत गरेको छ । बैठकले जिल्लामा पार्टी को बर्तमान अवस्था,र भाविकार्य योजना प्रस्तुत गरेको छ ।

यस्तै पार्टी ले जिल्लामा अगामी एक महिना सम्म जिल्लाभरी संगठन विस्तार अभियान संञ्चालन गर्ने निर्णय गरिएको जिल्ला सभापति राजेश सिह सामन्तले जानकारी दिए ।

जिल्ला, पालिका हुँदै वडातह सम्म कार्यदल गठन गर्ने निर्णय गरिएको पनि उनले बताए । सिनालको संयोजकत्वमा ६५ सदस्सीय जिल्ला र्यापिट एक्सन टीम गठन गर्ने निर्णय गरेको सभापति सामन्तले बताउनुभयो ।

पार्टी बैठकमा रास्वपाले जिल्लामा स्थानीय समस्या–समाधानका एजेण्डामाथि पनि छलफल गरेको जनाएको छ ।

बैठकमा जिल्लास्तरका पदाधिकारी, स्थानीय तहका प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । पार्टीको विस्तारित बैठकमा केन्द्रीय सदस्य हरि रेग्मीको प्रमुख आर्थित्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.