दार्चुला । दार्चुलामा डेरी व्यवसाय व्यवस्थापन तथा लेखा तालिम सम्पन्न भएको छ । गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाद्धारा संञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाबाट सामाजिक आर्थिक क्षेत्र अन्तरगत सहकारी व्यवसायको रेकर्ड व्यवस्थापनमा सुधार गर्ने उद्देश्यले आयोजना गरिएको तालिम आज समापन गरिएको हो । तालिममा सहकारी पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
तालिममा भगवती विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडबाट २ जना, लालीगुरास महिला कृषि बहुउद्धेश्यीय सहकारी संस्था दत्तुका २ जना, दिपज्योति महिला बचत तथा ऋण सहकारी संस्था उकुका २ जनाको सहभागिता रहेको थियो ।
यस्तै तालिममा शिवपार्वती महिला बचत तथा ऋण सहकारी संस्थापस्तीका १ जना र शैल्यशिखर बचत तथा ऋण सहकारी संस्थामडका १ जना गरी जम्मा ८ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण धन राज जोशीले गरेका थिए । भने सहायक सहजकर्ता परियोजना अधिकृत मनोरथ जोशीले गर्नु भएको थियो ।
तालिमपछि सहकारी व्यवसायको आर्थिक कारोबारको रेकर्ड राख्ने कार्यमा सुधार हुने अपेक्षा समेत गरिएको छ । तालिमका सहभागिहरुले तालिमबाट आर्थिक कारोबारको विवरण प्रष्ट रुपमा राख्न सक्षम भएको तालिमका सहभागि इश्वरी धामीले जानकारी दिए । तालिम २२ गते देखि २४ गतेसम्म संञ्चालन गरिएको थियो ।
