दार्चुलामा भालुको आक्रमणबाट एक जना घाइते

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीयले दिएको सूचना अनुसार दुहुँ गाउँपालिका वडा – ४ (फारा)का ३८ वर्षिय सुरेन्द्र सिह कुवरलाई बुधबार बेलुकीतिर जंगालमा भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणमा परेका कुवरको टाउ, दुबैहात बाया खुट्टा र अनुहारमा चोट लागेको बताइएको छ । जंगालमा दाउरा संकलन गर्न गएका कुवरलाई जंगली भालुले आक्रमण गरेको बताइएको छ ।

गम्भीर घाइते भएका कुवरलाई जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डाक्टर डम्बरदत्त भट्टले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.