दुहुमा रास्वपाको संगठन बिस्तार

दार्चुला । पछिल्लोसमय राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा दार्चुलाले संगठन बिस्तारलाइ तिब्रता दिएको छ ।

यसअघि लेकम क्षेत्रका बिभिन्न वडाहरुमा संगठन बिस्तार गरेको रास्वपा दार्चुला बिहिबारबाट दुँहु क्षेत्रमा प्रबेश गरेको छ । गत कार्तिकमा सम्पन्न जिल्ला भेलाबाट सभापतिमा राजेश सिंह सामन्त चयन भएसंगै रास्वपा दार्चुला संगठन बिस्तारमा जुटेको हो ।

बिहिबार रास्वपा दार्चुलाले दुहुँ गाउँपालिकामा पालिका स्तरिय समिति गठन गर्दै आफ्नो संगठन बिस्तार गरेको छ । जिल्ला सभापति राजेश सिंह सामन्त लगायत समितिका पदाधिकारीहरुको उपस्थितिमा बिहिबार जयसिंह बोहराको सभापतित्वमा ११ सदस्सिय पालिका स्तरिय समिति गठन गरेको छ ।

समितिको उपसभापतिमा शिबदत्त जोशी र सचिवमा गोपालदत्त जोशी रहने गरी ११ सदस्सीय पालिका स्तरिय समिति चयन गरिएको रास्वपा दार्चुलाका सभापति राजेश सिंह सामन्तले जानकारी दिनुभयो ।

यसअधि बुधबार रास्वपा दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर ७ मा धापमा मनोज सिंह रैखोलाको सभापत्विमा ११ सदस्सीय वडा समिति चयन गरेको छ । पछिल्लो समय रास्वपा दार्चुलाले संठगत बिस्तारलाइ तिब्रता दिंदै आएको छ ।

Leave A Reply

Your email address will not be published.