नेपाली कम्युनिस्ट पार्टीले पुस ४ गते दार्चुलामा एकता सन्देश सभा गर्ने

सभाको तयारीका लागि मुल समिति सहित नौंवटा उपसमिति गठन

दार्चुला ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ४ गते दार्चुलामा ‘एकता सन्देश सभाको आयोजना गर्ने भएको छ । बुधबार जिल्ला सदरमुकाम खलङ्गामा बसेको पार्टीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पार्टीले बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी गराएको हो । पत्रकार भेटघाट कार्यक्रममा पार्टीले गरेका निर्णहरुको बारेमा जानकारी दिँदै मुल समिती संयोजक लक्ष्मण दत्त जोशीले आगामी पुस ४ गते जिल्ला सदरमुकाम खंलगामा एकता सन्देश सभाको आयोजना गर्ने र सभालाइ समबोधन गर्न नेताहरु भिम रावल, भानुभक्त जोशी र खगराज भट्ट लगायतका नेताहरु दार्चुला आउने कार्यक्रम रहेको जानकारी गराउनुभयो । सभाको तयारीका लागि लक्ष्मण दत्त जोशीको संयोजकत्वमा मुल समिती गठन गरिएको छ भने प्रदेशसभा सदस्य मान बहादुर धामी सन्तोषको संयोजकत्वमा आर्थिक उपसमिति, लक्ष्मी बीकको संयोजकत्वमा जनपरिचालन र यातायात उपसमिति, रुकमण्ी जागरीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, राधिका अवस्थीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, जमनसिंह धामीको संयोजकत्वमा आवास बयवस्थापन उपसमिति गठनगरि तयारीलाइ तिब्रता दिइएको मुल समिति संयोजक जोशीले बताउनुभयो । सभालाई राजनीतिक वातावरण निर्माण र संगठनभित्र स्पष्ट मार्गचित्र तयगर्न महत्वपूर्ण मानिएको छ भने सभामा एक हजार भन्दा बढीको जनसहभागिता रहने आकलन गरिएको उहाँले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.