दार्चुलाबाट दिलेन्द्र प्रसाद बडू प्रतिनिधिसभा उम्मेदवारका लागि एकल नाम सिफारिस

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस दार्चुलाले जिल्लाबाट दिलेन्द्र प्रसाद बडूको एकल नाम सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष तर्फ बडूको नाम एकल रुपमा सिफारिस गरेको कांग्रेस दार्चुलाका सभापति ललित सिह बोहराले जानकारी दिएका छन् ।

उनका अनुसार समानुपातिक तर्फ करबिरसिंह कार्की ,महिलाबाट आनन्दी पन्त भट्ट राष्ट्रिय सभाको लागि पुरुषतर्फ महादेव बडु, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त, महिलातर्फ द्रोपती डागा, विसन्ता सिनाल,शान्ति कार्की, देउमा लोथ्यालको नाम सिफारिस गरिएको बताएका छन् । २०७९ मा भएको आम निर्वाचनमा बडूले दार्चुलाबाट प्रत्यक्ष जीत हासिल गरेका थिए । उनले २०७९ मा भएको आम निर्वाचनमा एमालेका गणेश सिह ठगुन्नालाई पराजित गरेका थिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.