दार्चुलामा नेकपा एमालेका पूर्वजिल्ला कमिटि अध्यक्ष धामी महाधिवेशन प्रतिनिधिमा मनोनीत

दार्चुला । दार्चुलाका पूर्वजिल्ला कमिटि अध्यक्ष प्रेम सिह धामी एमालेले ११ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन् ।

शुक्रबार बसेको पार्टी बैठकले उनलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो । दार्चुलाबाट एमालेले  महाधिवेशन प्रतिनिधि  सर्वसम्मत रुपमा छनोट गरेको थियो ।

जिल्लाबाट सर्वसम्मत १२ जना प्रतिनिधि छनोट गरिएको थियो । पूर्व जिल्ला कमिटि अध्यक्ष तथा सुदुरपशिचम प्रदेश सचिवालय सदस्य प्रेम सिह धामी सर्वसम्मतको नाममा एकलौटी निर्णय लादिएको भन्दै असन्तुष्टि रहदैँ आएका थिए ।

पार्टीले उनीसंगै देशभरीबाट १०८ जना प्रतिनिधि महाधिवेशनका लागि मनोनयन गरेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!