दार्चुला । जिल्ला सदरमुकाम खलंगामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देश सभा सम्पन्न भएको छ ।
विभिन्न बाम घटकहरुबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टीको गठन भएपछि पार्टीको एकताका बिषयमा आम नागरिक र कार्यकर्तालाई जानकारी गराउन एकता सन्देश सभाको आयोजना गरिएको नेकपा दार्चुला नेता लक्ष्मणदत्त जोशीले जानकारी दिए । नेपाली कम्युनिष्ट पार्टीको नीति,सिद्धान्त र औचित्यका बिषयमा आम नागरिकलाई जानकारी गराउन सन्देश सभाको आयोजना गरिएको उनले बताए ।

विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि शक्ति प्रदर्शनको रुपमा समेत नेकपाले एकता सन्देश सभाको आयोजना गर्दै आएको छ । सुदूरपश्चिमका सबै जिल्लाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने क्रममा शुक्रबार जिल्ला सदरमुकाम खलंगामा सन्देशको आयोजना गरिएको नेता जोशीले जानकारी दिए । यस्तै नेताहरूले वर्तमान राजनीतिक अवस्था, वाम एकताको आवश्यकता, जनताको अपेक्षा र पार्टीको आगामी कार्यदिशाबारे आफ्ना धारणा राखेका छन् ।

सन्देश सभामा नेकपाका बरिष्ठ नेता भीम रावल, भानुभक्त जोशी, प्रकाश शाह, खगराज भट्ट, लगायतका नेताहरुको उपस्थिति रहेको थियो । सन्देश सभामा बोल्दै नेताहरुले नागरिकको विकास र परिवर्तनको चाहनालाई पूरा गर्न नेपाली कम्युनिष्ट पार्टी गठन भएको बताएका छन् । साथै ठुला भनिएका दल नेपाली कांग्रेस र नेकपा एमालेले देशमा राम्रो काम नसकेको पनि टिप्पोणी गरेका छन् ।

