भारतसंगको परनिर्भरता हटाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र पौडेललाई धन्यबाद ज्ञापन

दार्चुला । दार्चुलाको विकट गाउँ जोड्ने घोडेको बाटो निर्माणका लागि बजेट बिनियोजन गरी भारतसंगको परनिर्भरता हटाएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई धन्यबाद ज्ञापन गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले व्यासँको घारेटो बाटो निर्माणका पालिकालाई पाँच करोड ५० लाख बजेट उपलब्ध गराएका थिए । बजेट उपलब्ध भएपछि व्याँस गाउँपालिका वडा –१ छाङ्गरु टिंकर तथा वडा नम्बर २ को दुम्लीङ कल्जु जोड्ने गरी अहिले घोरेटो निर्माण गरिएको छ ।

झण्डै तीन दशकदेखि अवरुद्ध रहेको व्यासको घोरेटो बाटो निर्माण कार्यसम्पन्न गर्न बजेट उपलब्ध गराउनुका साथै भारतसंगको परनिर्भरता हटाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र पौडेललाई धन्यबाद ज्ञापन दिइएको नेकपा एमालेका युवा नेता रोजेश सिह विष्टले जानकारी दिए ।

शुक्रबार पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकमै पुगेर व्यासँ गाउँपालिका अध्यक्ष मंगल सिह धामी र एमाले केन्द्रीय कमिटी सदस्य गणेश सिह ठगुन्नाको टोलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई धन्यबाद ज्ञापन गरिएको उनले बताए ।

घारेटो बाटो निर्माण गरिएसँगै त्यहाँका स्थानीयहरु सिधै नेपालको बाटो भएर सदरमुकाम खलंगा आवतजावत गर्नसक्ने भएका छन् । बाटो निर्माणका लागि गत जेठ ५ गते व्याँस गाउँपालिका र मिशन–देवहरि जेभीबीच ठेक्का सम्झौता गरिएको थियो ।  व्याँस गाउँपालिका–१ छाङरु जोड्ने घोरेटो बाटो नहुँदा व्यासीहरु भारतीय मार्ग हुँदै स्थानीय पशुचौपायासहित कुन्चा सर्ने गर्द्थे । घारेटो बाटो निर्माण भएपछि त्यहाँका स्थानीयहरु खुशी भएका छन् ।

Leave A Reply

Your email address will not be published.