दार्चुलामा नेपाली कांग्रेसका पूर्व वडाअध्यक्ष बोहरा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

दार्चुला । वि.सं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाली कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन्। महाकाली नगरपालिका वडा – ६ का पूर्ववडाध्यक्ष चक्र सिह बोहरा नेपाली कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका हुन्।

जिल्ला सदरमुकाम खलंगामा आयोजित कम्युनिष्ट पार्टीको एकता सन्देश सभामा पूर्व जननिर्वाचित अध्यक्ष बोहरा नेकपामा प्रवेश गरेको व्यासँ गाउँपालिकाका उपाध्यक्ष विनोद सिह कुवरले जानकारी दिए । पार्टी प्रवेश गरेका बोहरालाई नेकपाका नेताहरुले स्वागत गरेका छन् ।

एकता सन्देश सभालाइ नेताहरु भिम रावल, भानुभक्त जोशी, खगराज भट्ट, लालबहादुर विक, प्रकाश शाह, शेरबाहदुर कुँवर, लक्षमण दत्त जोशी, मान बहादुर धामी, जमन धामी लगायते सम्बोधन गर्नुभएको थियो ।

यस्तै मार्माका सुरेन्द्र बहादुर सिंह नेकपा एमालेका मालिकार्जुन २ का दानसिंह धामी र ब्याँस ६ का कालु भुलले पार्टी परीत्यागगरि नेपाली कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेको नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.