अपीहिमालमा भोलीदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुने, तयारी पूरा

दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकामा भोली देखि पौष ८ गते सम्म पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । यसका लागि तयारी पुरा भएको छ ।

गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको गाउँपालिकाका शिक्षा अधिकृत मदन राज जोशीले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुको सहभागिता रहने गरि वडा नम्बर ४ को खात्ती खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने उनले बताए ।

प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले मात्रै सहभागी हुन पाउने छन् । प्रतियोगितामा छात्र/छात्रा भलिबल, छात्र/छात्रा कबड्डी तथा एथ्लेटिक्स तर्फ छात्र/छात्राको १ सय, २ सय,४ सय, ८ सय, १५ सय, र ३ हजार मिटर ट्रयाक दौड सञ्चालन हुनेछ । त्यस्तै ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ज्याभलिङ थ्रो छात्रको ८ सय ग्राम र छात्राको ६ सय ग्राम तथा सटफुट छात्रको १२ पाउण्ड र छात्राको ८ पाउण्डको हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.