दार्चुलामा भुकम्पको धक्का महसुस

दार्चुलामा शनिबार राती ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बोहरीगाउ केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।
पछिल्लो समय पश्चिम क्षेत्रमा भूकम्प बेला बेला गइरहको छ ।—

Leave A Reply

Your email address will not be published.