दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकामा गाउपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । पालिकाको वडा ४ स्थित सम्तेलीचौर खेलमैदानमा एक ओैपचारिक कार्यक्रमका बिच भव्य रुपमा समारोहको उद्घाटन गरिएको हो ।
अपिहिमाल गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा ३ का वडा अध्यक्ष गगन सिंह कार्किको अध्यक्षता एव् गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको छ ।
गाउँपालिका प्रवक्ता एवम् वडा ४ वडा अध्यक्ष रविन्द्र सिंह बोहरा , वडा न २ का अध्यक्ष राम सिंह धामि , वडा न ५ अध्यक्ष राजेन्द्र सिंह धामी जिल्ला खेलकुद समिति कार्यालय प्रमुख श्यामराज अवस्थिका साथै स्थानीय जनप्रतिनिधिहरु,राजनीतिक दलका प्रतिनिधिहरु , गाउँ शिक्षा समितिका पदाधिकारीहरु, वडा शिक्षा समितिका सदस्यहरु,खेलकुद विकास समितिका सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,विद्यालयका प्रधानाध्यापकतथा शिक्षकहरु , विद्यार्थीहरु , समाजसेवी , वुद्दिजिवि , खेलप्रेमि तथा आम सर्वसाधारणको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत मदन राज जोशीले जानकारी दिए ।

उद्घाटन शत्रमा शिक्षा शाखा प्रमुख विरेन्द्र सिह साउदले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन शिक्षा अधिकृत मदन राज जोशीले गरेका थिए । प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा छात्ररछात्रा भलिबल, छात्ररछात्रा कबड्डी तथा एथ्लेटिक्स तर्फ छात्ररछात्राको १ सय, २ सय,४ सय, ८ सय, १५ सय, र ३ हजार मिटर ट्रयाक दौड सञ्चालन हुनेछ ।
त्यस्तै ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ज्याभलिङ थ्रो छात्रको ८ सय ग्राम र छात्राको ६ सय ग्राम तथा सटफुट छात्रको १२ पाउण्ड र छात्राको ८ पाउण्डको हुने बताइएको छ । प्रतियोगिता पर्सी पौष ८ गतेसम्म संञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।