दार्चुलामा नगद सहित छ जना जुवाडे पक्राउ

दार्चुला। प्रहरीले नगद सहित छ जना जुवाडेलाई पक्राउ गरेको छ । सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४ बीच बजारबाट छापा हानी उनीहरुलाई पक्राउ गरिएको दार्चुलाका प्रहरी प्रमुख प्रहरी नावय उपरीक्षक गौरब महतले जानकारी दिनुभयो । पक्राउ परेकाहरुबाट प्रहरीले नेपाली रूपैँया ७६ हजार ५सय ८५ सहित छ जना जुवाडेलाई पक्राउ गरिएको उनले बताए ।

मंगलबार महाकाली नगरपालिका–४ नमुना टोल स्थित गौरबलाल चुनाराको घरमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाको आधारमा घरधनी ४२ वर्षिय गौरबलाल चुनारा, ३९ वर्षिय महेन्द्र बिक, ३० वर्षिय दानसिंह बडाल, ५२ वर्षिय कमलराम पार्की, ४९ वर्षिय लाटोराम लुहार र ४७ वर्षिय जनक पाललाई पक्राउ गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक हेमराज भट्टको कमाण्डमा खटी गएको १० जनाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नेपाली रुपियाँ चार गड्डी तास, बरामद गरेको गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.