अपीमा सम्पन्न छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी घुसाले उचाल्यो

दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकामा सम्पन्न भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महादेव मावि घुसाले हात पारेको छ ।  मंगलबार पालिकाको वडा ४ स्थित सम्तेलीचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा १३ स्वर्ण,९ रजत र ३ कास्य गरी २५ पदक प्राप्त गरी घुसाले उपाधी आफ्नो पक्षमा पारेको हो ।

यस्तै प्रतियोगितामा दोश्रो भएको भवानी मावि सौगन्नाले ११ स्वर्ण,१० रजत र ६ कास्य गरी २७ पदक हात पारेको छ । यस्तै तेश्रो भएको खण्डेश्वरी मावि क्षेत्तीले ५ स्वर्ण, ८ रजत र १४ काश्य गरी २७ पदक जितेको छ । प्रतियोगितामा सान्त्वना भएको छिपुलकेदार मावि धंकले प्रतियोगिता अवधिभर २ स्वर्ण ,३ रजत र ७ कास्यगरी १२पदक जितेको छ ।  प्रतियोगितामा विजेता विद्यालयको टीमलाई पुस्कार,शिल्ड,ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । यही पौष ६ गते देखि सुरू भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।

प्रतियोगितामा १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।  प्रतियोगितामा छात्ररछात्रा भलिबल, छात्ररछात्रा कबड्डी तथा एथ्लेटिक्स तर्फ छात्ररछात्राको १ सय, २ सय,४ सय, ८ सय, १५ सय, र ३ हजार मिटर ट्रयाक दौड सञ्चालन गरिएको थियो । त्यस्तै ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत मदन राज जोशीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.