नेपाली कम्युनिष्ट पार्टी दार्चुलाले पौष १५ गते देखि पालिका स्तरीय एकता सन्देश कार्यक्रम सञ्चालन गर्न 

दार्चुला । नेपाली कम्युनिष्ट पार्टीे दार्चुलाले पौष १५ गते देखि पालिका स्तरीय एकता सन्देश कार्यक्रम सञ्चालन गर्ने भएको छ । विभिन्न बाम घटकहरु बिचको एकता पछि बनेको नेपाली कम्युनिष्ट पार्टीको पहिलो बैठकले हिजो सदरमुकाम खलंगामा यसबारे निर्णय गरेको हो । पार्टीले यहि पुस १५ देखि २५ गते सम्म पालिका स्तरीय एकता सन्देश र एकता संयुक्त बैठक सञ्चालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टीका नेता कल्यान सिह धामीले जानकारी दिए ।

त्यस्तै एकता घटका सम्पुर्ण पार्टीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र सचिव स्तरको समन्वय छलफल गरि यहि पुस ११ गते सम्म प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेद्धार छनोट तथा सिफारिस गर्ने र पार्टीका नियमित कामकारवाहीलाई निरन्तरता दिन एकता प्रक्रियामा सहभागी पार्टीका जिल्ला अध्यक्ष र सचिव रहने गरि समिति बनाउने निर्णय गरिएको पनि उनले बताए ।

उक्त समितिमा माओवादी केन्द्रबाट पदमराज पन्त र विनोद कुँवर, एकिकृत समाजवादीबाट किसन सिंह धामी र नरेन्द्र रावल, मात्रृभूमी जागरण अभियानबाट विशन राम लुहार र नेपाल समाजवादी पार्टीबाट मदन सिंह धामी रहेका छन् । बैठकमा एकता घटकका केन्द्रीय तथा प्रदेश सदस्य र जिल्ला अध्यक्ष तथा सचिव स्तरको सहभागितामा बैठक सम्पन्न भएको नेपाली कम्युनिष्ट पार्टीे दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.