दार्चुलाका दुई वडामा एकै दिन रास्वपाको वडा समिति गठन

दार्चुला । रास्वपा दार्चुलाले बिहिबार शैल्यशिखर नगरपालिका वडा – ५ मा वडा समिति गठन गरेको छ । जिल्ला सभापति राजेश सिंह सामन्त लगायत समितिका पदाधिकारीहरुको उपस्थितिमा बिहिबार बसेको वडा भेलाबाट रघुबिर सिह डागाको सभापतित्वमा ११ सदस्सिय वडा समिति गठन गरिएको रास्वपा दार्चुलाका सभापति राजेश सिंह सामन्तले जानकारी दिए ।

समितिको उप सभापतीमा सुरेन्द्र रावल र सचिवमा महामती रावललाई चयन गरेको छ भने सदस्यहरुमा शान्ति रावल, सिद्ध रावल, कमला रावल, नारा बोहरा, तुला साउँद, पिताम्बर जोशी, कृष्ण राम नेपाली र कृष्ण सिंह साउदलाइ चयन गरिएको रास्वपा सभापति सामन्तले बताए । आजै दुहुँ गाउँपालिका वडा -४ मा पनि पुरन सिह लोथ्यालको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको रास्वपा दार्चुलाले जनाएको छ ।

हिजो बुधबार मालिकार्जुन गाउँपालिकाको वडा -४ मा पनि कल्यान सिह धामीको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ । पछिल्लो समय रास्वपा दार्चुलाले जिल्ला भरिमा संठगन बिस्तारलाइ तिब्रता दिंदै आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रति जनसमर्थन र आकर्षण पनि बढ्दै गइरहेको छ ।

Leave A Reply

Your email address will not be published.