दार्चुलाको गोकुलेश्वर सहित नौ स्थानमा इलाका प्रशासन स्थापना हुने

सरकारले दार्चुलाको गोकुलेश्वरसहित नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नौ स्थानमा इलाका प्रशासन बनाउने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलका अनुसार दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली, डोटीको विपीनगर, बाजुराको कोल्टी, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोटर सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरिएको उनले जानकारी दिए । बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गर्नुका साथै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गरिएको पनि उनले बताए । त्यसैगरी, वैदेशिक रोजगारीका सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन पेस गरेमा श्रम स्वीकृतिका लागि स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.