विद्यालयबाट फर्किने बेला ढुंगा लागेर दार्चुलामा एक बालिका घाइते

दार्चुला । दार्चुलामा विद्यालयबाट घर फर्किने बेला ढुंगा लागेर एक बालिका घाइते भएकी छन् । जिल्लाको महाकाली नगरपालिका वडा- ७ लटिनाथ आधारभुत विद्यालय थालिगाडमा अध्ययनरत ११ वर्षिया छात्रा पुष्पा थापालाई ढुंगा लागेर घाइते भएकी हुन ।

सोमबार महाकाली नगरपालिकाकै मसिनी बालुवा बस्ने थापाको दाया खुट्टामा ढुंगा लागेर घाइते भएको बताइएको छ । स्कुलबाट घर फर्किने बेला माथिबाट आएको ढुंगा लागेर उनी गम्भीर घाइते भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डाक्टर डम्बर दत्त भट्टले जानकारी दिए । घाइते बालिकालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

Leave A Reply

Your email address will not be published.