दार्चुला । दार्चुलाकोे लेकम गाउँपालिका वडा – २ मा रहेको मालिकार्जुन आधारभूत विद्यालय गराडीको ३९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सोमबार देखि जारी रहेको विद्यालयको ३९औं वार्षिकोत्सव समारोह मंगलबार (आज ) समापन गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षता एंव लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा उद्धघाटन कार्यक्रममा लेकम गाउँपालिकामा निर्वतमान अध्यक्ष परमान्नद जोशी, वडा- २ का वडा अध्यक्ष शिवराज जोशी, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको विद्यालय स्रोतले जानकारी दिएको छ ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक विद्या प्रसाद जोशीले विद्यालयको आयव्यय विवरण प्रस्तुत गरेका छन् । विद्यालयको कुल आयतर्फ ४३ लाख ४८ हजार ३ सय ५२ रुपैया ७४ पैसा रहेको भने व्यय ४२ लाख ६६ हजार ६ सय ५१ रुपैँया रहेको छ । सोही अवधिमा ८२ हजार ६ सय ६१ रुपैयाँँ बैंक मौजाद रहेको बताइएको छ ।
समारोहमा वडा २ भित्रका आधारभूत विद्यालय स्तरीय कुर्सी दौड, भाले जुधाइ, एकल नृत्य , चित्रकला, गणित दौड, वक्तित्वकला र हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक विद्या प्रसाद जोशीले जानकारी दिए ।
