दार्चुलामा दुई नयाँ मतदान केन्द्र कायम

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा २ वटा नयाँ मतदान केन्द्र कायम गरिएको छ ।  यस अघि १४१ मतदान केन्द्र कायम रहेकोमा अहिले नयाँ २ मतदान केन्द्र थप भएपछि मतदान केन्द्रको संख्या १४३ पुगेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार जिल्लामा कूल ९२ हजार ९सय ४८ जना मतदाता कायम भएका छन् । जिल्लामा ११२ वटा मतदानस्थल यथावत रहेका छन् । दार्चुलामा एक निर्वाचन क्षेत्र रहेको छ ।

Leave A Reply

Your email address will not be published.