प्रतिनिधिसभा निर्वाचन: दार्चुलामा कुन स्थानीय तहमा कति छन् मतदाता ?

दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाको कुल मतदाता संख्या ९२ हजार ९ सय ४८ पुगेको छ । यसमा पुरुष मतादाता सङ्ख्या ४७ हजार ७५५ र महिला मतदाता सङ्ख्या ४५ हजार १९३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसअघि २०७९ सालको निर्वाचनमा ९० हजार ७८२ जना मतदाता रहेको थिए ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता शैल्यशिखर नगरपालिकामा पुरुष ८ हजार २३ जना र महिला ७ हजार ४९३ गरी जम्मा १५ हजार ५१६ जना मतदाता रहेको बताएका छन् । यस्तै महाकाली नगरपालिकामा पुरुष ७ हजार ४४ जना र महिला ७ हजार ९९ गरी जम्मा १४ हजार १४३ जना मतदाता पुगेका छन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिकामा ६ हजार १४४ जना पुरुष र ५ हजार ७३४ जना महिला गरी जम्मा ११ हजार ८७८ जना मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाले बताएको छ । लेकम गाउँपालिकामा ५ हजार ३८२ जना पुरुष र ४ हजार ९२९ जना महिलागरी जम्मा १० हजार ३११ जना मतदाता रहेका छन् ।

नौगाड गाउँपालिकामा ५ हजार २६६ जना पुरुष र ४ हजार ८२२ जना महिला गरी जम्मा १० हजार ८८ जना मतदाता कायम रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । मार्मा गाउँपालिकामा ४ हजार ९९७ जना पुरुष र ४ हजार ६१६ जना महिलागरी जम्मा ९ हजार ६१३ जना मतदाता कायम भएका छन् ।

व्यासँ गाउँपालिकामा ४ हजार १७४ जना पुरुष र ३ हजार ९८८ जना महिला गरी जम्मा ८हजार १६२ जना मतदाता रहेका छन् । दुहुँ गाउँपालिकामा पुरुष ४ हजार २३६जना र महिला ४ हजार २०५ जनागरी जम्मा ८ हजार ४४१ जना रहेका रहेका छन ।

जिल्लाको अपिहिमाल गाउँपालिकामा सबैभन्दा कम २ हजार ४८९ जना पुरुष र २ हजार ३०७ जना महिलागरी जम्मा ४ हजार ७९६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा १४३ वटा मतदान केन्द्र र ११२ वटा मतदानस्थल रहेका छन् ।जिल्लामा एक निर्वाचन क्षेत्र रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.