दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा प्रहरीले नागरीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । विहिबार मार्मा गाउँपालिकाको वडा- २ स्थित इलाका प्रहरी कार्यालय लटिनाथमा
नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौरव महतको अध्यक्षता एव इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक दिनेश तिमिल्सेना सहितको उपस्थितिमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सुनुवाई कार्यक्रममा स्थानिय जनप्रतिनिधी, बिभिन्न सरकारी तथा गैह्र–सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, व्यवसायी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायत उपस्थिति रहेको बताइएको छ ।
नागरिक सुनुवाइ कार्यक्रमकै सिलशिलामा प्रहरी नायव उपरीक्षक गौरब महतले इलाका प्रहरी कार्यालय लटिनाथको अनुगमन तथा निरीक्षण समेत गरेका छन् । अनुगमन गदैँ उनले कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।
