दार्चुलाका तीन पालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न

दुहुँमा संञ्चालनको तयारी, व्याँसमा जारी अन्यमा तयारी

दार्चुला ।  दार्चुलाका दुई नगरपालिका र सात वटा गाउँपालिका मध्ये हालसम्म जिल्लाका तीन वटा स्थानीय तहले पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न गरेका छन् ।

हालसम्म जिल्लाको अपीहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाले पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका हुन् ।अहिले जिल्लाको व्यासँ गाउँपालिकाले हिजो देखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन गरिरहेको छ । व्यासँमा जारी प्रतियोगिता भोली समापन गरिनेछ ।

अपिहिमाल गाउँपालिकामा सम्पन्न छैटौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा महादेव मावि घुसाले १३ स्वर्ण, ९ रजत र ३ काश्य गरि २५ पदक सहित प्रथम स्थान प्राप्त गरेको गरेको छ । त्यस्तै ११ स्वर्ण, १० रजत र ६ काश्य गरि कुल २७ पदकसहित भवानी मावि. सौगन्ना द्धितीय हुँदा ५ स्वर्ण, ८ रजत र १४ काश्य गरि कुल २७ पदक सहित खण्डेश्वरी मावि. क्षेत्तीले तृतीय स्थान प्राप्त गरेको छ ।

प्रतियोगिता पौष ६ गतेदेखि गाउँपालिकाको वडा ४ खात्ती स्थित सम्तेलीचौड खेल मैदानमा सञ्चालन भएको थियो । यस्तै मार्मामा सम्पन्न छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १४ गते सम्पन्न भएको थियो । प्रतियोगितामा लटिनाथ माध्यमिक विद्यालय रस्कोटले २३ स्वर्ण, १४ रजत र ७ कास्य गरि कुल ४४ पदकसहित प्रथम तपोवन माध्यमिक विद्यालय पडपडाले ९ स्वर्ण, ९ रजत र ४ कास्य गरि कुल २२ पदकसहित दोस्रो दुर्गेश्रवरी माध्यमिक विद्यालय ताकुले ७ स्वर्ण, ५ रजत र ११ कास्य गरि कुुल २३ पदकसहित तृतीय स्थान प्राप्त गरेको छ । प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।

यता नौगाड गाउँपालिकामा सम्पन्न छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी गणेश विनायक माध्यमिक विद्यालय सिप्टी प्रथम, जनहित माध्यमिक विद्यालय धुलिगडा द्धितीय र केदारेश्वरी माध्यमिक विद्यालय सुण्डमुड तृतीय भएको छ । दुहुँ गाउँपालिकाले पौष २२ गते देखि २५ गतेसम्म गौरीलमाण्डौ मावि हिकिलामा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता संञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि पालिकाले एक सार्वजनिक सूचना समेत जारी गरेको छ ।

बाकी जिल्लाको लेकम मालिकार्जुन गाउँपालिका र शैल्यशिखर र महाकाली नगरपालिकाले समेत छैटौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता संञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । पालिकास्तरबाट छनोट भएका खेलाडी विद्यार्थीलाई जिल्लास्तरमा र जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागि गराइने जिल्ला खेलकुद विकास समितले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्ड : ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड प्रतियोगिता अहिले सम्बन्धित स्थानीय तहको पहलमा ग्रामीण क्षेत्रका विद्यालहरुमा आयोजना गर्न थालिएको छ ।

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ । सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन् ।

रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको छ । प्रतियोगितामा छात्र/छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सलआर्टका सबै विधाका खेलहरु भइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.