दार्चुलामा नेपाल प्रहरीका बरिष्ठ सई बेपत्ता

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा – २ कुणी छणाबे घर भएका अन्दाजी ४० वर्षीय वरिष्ठ नायब निरीक्षक  (बरिष्ठ सई)  राघब भट्ट सम्पर्कविहिन भएका छन् । बेपत्ता भट्टले केही दिनदेखि अस्वभाविक व्यवहार गरिरहेको र पौष १५ गते राति घरबाटै सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बेपत्ता भट्टलाई भेट्टाउनु हुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९७४६४८२९३१ वा ९८४८९६५६४२ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।  बेपत्ता भएका भट्टले नेपाल प्रहरीको नाम लेखिएको बर्दी/ज्याकेट र खैरो जुत्ता लगाएको भन्ने सूचना निजको पारिवारिक श्रोतबाट प्राप्त भएकाले छ । खोजी कार्यका लागि परिवारले वडा कार्यालयमा समेत निवेदन दिएका छन् ।

Leave A Reply

Your email address will not be published.