दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो ।
रास्वपाले दार्चुलाबाट प्रत्यक्षतर्फ पार्टी सभापति राजेश सिह सामन्तलाई एकल रुपमा सिफारिस गरेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्यपदका उम्मेदवारको नामावली सिफारिस गरेको बारे जानकारी दिएको छैन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस भएका सामन्त गत कार्तिक १० गते मात्रै काग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए ।
यसअघि जिल्लामा नेपाली काग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेत्रविक्रम चन्द ’विप्लब’ (माओवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सिफारिस गरिसकेको छ । नेकपा एमालेले भने पर्सि आइतबार पार्टीको नवौ जिल्ला कमिटिको बैठकबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने तयारी भएको जानकारी दिएको छ ।