एकीकृत अखिल नेपाल शिक्षक संगठन दार्चुलाको नयाँ जिल्ला कार्यसमिति चयन

दार्चुला । एकीकृत अखिल नेपाल शिक्षक संगठन दार्चुलाको नयाँ जिल्ला कार्य समिति चयन गरिएको छ । शनिबार गोकुलेश्वरमा सम्पन्न भेलाले प्रकाशसिंह ठगुन्नाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा रेखा कार्की,सचिवमा रामसिंह डोबाल,कोषाध्यक्षमा वीरभान सिह धामी चयन भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनमा चुनिएका ठगुन्ना खण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन । कार्यक्रममा संगठनका केन्द्रीय सल्लाहकार तथा जिल्ला इन्चार्ज श्यामराज जोशी, प्रदेश परिषद् सदस्य जनक सिंह धामी र नेपाली कम्युनिस्ट पार्टीका नेता पदमराज पन्तको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघ परित्याग गरी हुनैनाथ माध्यमिक विद्यालय, रातारातका शिक्षक दीपक बहादुर सिंह एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन् । बैठकले संगठन विस्तारलाई तीव्रता दिने निर्णय समेत गरेको छ । जस अन्तर्गत आगामी दिनमा जिल्लाका सबै पालिका स्तरमा बैठक तथा भेलाहरू आयोजना गर्ने कार्यक्रम तय गरिएको सचिव रामसिंह डोबालले बताए ।

 

Leave A Reply

Your email address will not be published.