दार्चुलामा एक महिला मृत अवस्थामा फेला

दार्चुला। दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिका वडा- ७ धापस्थित महाकाली नदी किनारमा महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार (आज) विहान नाम थर वतन नखुलेकी अन्ताजी ५६ वर्षिया महिला महाकाली नदीकिनारमा मृत फेला परेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

त्यहाँका स्थानीयहरुले नदीकिनारमा महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव सडेगलेको अवस्थामा फेला परेको छ । त्यसपछि जिल्लाबाट गएको प्रहरी टोलीले मृत महिलाको उद्धार गरेको थियो । अहिले महिलाको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.