दार्चुलामा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलामा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ दार्चुलाको पाचौं जिल्ला अधिवेशनको सन्दर्भमा जिल्लामा अन्तरपुस्ता अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको हो ।

सुशासन भष्टाचार नियन्त्रण,निर्वाचन प्रक्रिया तथा जेन – जी र युवाको राजनीतिक सहभागिता नाराका साथ शनिबार जिल्ला सदरमुकाम खलंगामा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको आयोजक गैरसरकारी संस्था महासंघ दार्चुलाले जनाएको छ ।

कार्यक्रममा क्रियाशिल राजनीतिक दल, नागरिक समाज र जेन जी पुस्ताको सहभागीता रहेको थियो । खासगरी सुशासन भ्रष्टाचार नियन्त्रण, र राजनीतिक दलबीच निर्वाचन प्रकृयामा सहभागीता र जेन-जी पुस्तालाई सँगै कसरी लिने विषयमा नव पुस्ता सम्बाद भएको गैरसरकारी संस्था महासंघ दार्चुला निवर्तमान अध्यक्ष विष्णुदत्त भट्टले जानकारी दिए ।

छलफलमा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कस्यप) नेपाली काग्रेंसका पुस्करराज जोशी, नेकपा एमालेका ज्ञानेन्द्र घर्ती, नेपाली कम्युनिस्ट पार्टीका खडकसिह धामी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सामन्त, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव सावित्रा घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्र सिह धामी, नवपुस्ताबाट खडक ठगुन्ना र कृष्ण सिह धामीले सहभागीता जनाएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार नरेन्द्र कार्कीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.