प्रतिनिधिसभा चुनावका लागि एमाले दार्चुलामा गणेश सिह ठगुन्ना एकल रुपमा सिफारिस

दार्चुला । आसन्न प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दार्चुलाबाट केन्द्रिय कमिटी सदस्य पूर्वमन्त्री गणेश सिह ठगुन्नाको नाम एकल रुपमा सिफारिस गरेको छ ।

आइतबार आज जिल्ला सदरमुकाम खलंगाको दार्चुला विकास संगठनमा बसेको पार्टीको नावौं जिल्ला कमिटी बैठकले केन्द्रीय कमिटी सदस्य ठगुन्नाको नाम एकल रुपमा सिफारिस गरेको जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिएका छन् ।

२०७० को दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा दार्चुलाबाट निर्वाचित नेता ठगुन्ना  २०७९ सालमा भएको निर्वाचनबाट नेपाली काग्रेसका नेता दिलेन्द्र प्रसाद बडूका संग पराजित भएका थिए ।

२०७९ सालमा सम्पन्न निर्वाचन बाट नेकपा एमालेका गणेश सिंह ठगुन्नाले २६ हजार ३ सय ८१ मत ल्याउँदा काग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले २८ हजार ५१५ मत प्राप्त गर्नु भएको थियो ।  बडू र ठगुन्नाको मतान्तर जम्मा २ हजार १ सय ३४ रहेको थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.