दार्चुला। दार्चुलाको अपिहिमाल गाउँपालिकामा चिसोबाट बच्नका लागि जेष्ठ नागरीकलाई न्यानो लुगा वितरण सुरू गरिएको छ । गाउँपालिका र वडाको समन्वयमा आइतबार देखि जेष्ठ नागरीकलाई न्यानो लुगा वितरण संँगै पोषण सामग्री वितरण र जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ परीक्षण कार्यक्रम सुरू गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम पालिकाको वडा नं ५ बाट सुरू गरिएको छ ।
यो कार्यक्रम पालिकाभित्रका ६ वटै वडाहरुमा संञ्चालन हुने वडा नं ५का वडा अध्यक्ष राजेन्द्र सिह धामीले जानकारी दिए । उनका अनुसार आज पहिलो दिन वडा नं ५ मा ८ जना जेष्ठ नागरीकलाई न्यानो लुगा वितरण संगैँ उनीहरुको स्वास्थ्य चेकचाज संगै पोषण सामग्री वितरण गरिएको बताए ।
भोली (सोमबार) लुन्थि टोलका जेष्ठ नागरिकलाई देउखलामा न्यानो लुगा वितरण गरिने बताइएको छ । यस्तै सौगन्ना टोलका लागि वडा कार्यालयमा दिउँसो २ बजे न्यानो लुगा वितरण गरिने वडा अध्यक्ष बोहराले जानकारी दिए । वडाभरी जम्मा २८ जना जेष्ठ नागरीकहरु रहेका छन् ।
अब क्रमस अन्य वडाहरुमा समेत जेष्ठ नागरीकलाई न्यानो लुगा वितरणसंगै पोषण सामग्री वितरण गरिने अपिहिमाल गाउँपालिकाले जनाएको छ । चिसो मौसममा विशेषगरी ज्येष्ठ नागरिक, पर्ने भएकाले उनीहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो लुगा वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बोहराले जानकारी दिए । चिसोका कारण कुनै पनि व्यक्तिले बिरामी हुनुपर्ने अवस्था आउन नदिन यो कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
