शिक्षा र राप्रपा बिषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्लाकार्य समिति दार्चुलाले आयोजना गरेको शिक्षा र राप्रपा बिषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीको भावी कार्यदिशा, रणनिति र राप्रपाले शिक्षा क्षेत्रका लागि गरेको परिकल्पना तथा गुणस्तरका बिषयमा पार्टीका नेता कार्यकर्ताहरुलाइ जानकारी गराउने उद्देश्यले आइतबार जिल्ला सदरमुकाम खलंगामा शिक्षा र राप्रपा बिषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम गरिएको राप्रपा दार्चुलाका प्रवक्ता नरेन्द्र सिंह धामीले दिए ।  कार्यक्रम राप्रपाका जिल्ला अध्यक्ष प्रकाश दयालीको अध्यक्षतामा तथा राप्रपाका शिक्षा बिभाग प्रमुख डाक्टर राजेश गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम राप्रपा जिल्ला कार्य समितिका उपाध्यक्षद्वय कृष्ण बहादुर कुवर, चक्रबहादुर बम, राप्रपाका पुर्व अध्यक्ष इन्द्रा बोहरा, शुकराज ऐतवाल, अन्य जिल्ला समितिका पदाधिकारी, महिलाबिभाग प्रमुख भुरीदेबी धामी, वडा समितिका पदाधिकारी लगायत अन्य नेता तथा कार्यकर्ता र शुभचिन्तक हरुको सहभागिता रहेको थियो । अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रममा सहभागि भएका जयसिंह बोहरा र दानी राम कामीले राप्रपामा प्रबेश गरेको राप्रपा दार्चुलाका प्रवक्ता धामीले बताए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.